बागमतीमा मुख्यमन्त्री दाबी गर्ने समय बिहीबार तीन बजेसम्म

काठमाडौं । बागमतीमा भोलि तीन बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरिएको छ ।

बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् ।

आजै (बुधबार) मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.