काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् ।
बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन्
‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु।’ उनले लेखेका छन् ।
अलमुताइरीले दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् । ‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ ।’ साफ च्याम्पियनसीपमा नेपाललाई फाइनलमा पहिलो पटक पुर्याएका अब्दुल्लाहले भनेका छन् ।
नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
फाइनलअ घि नै राजीनामा दिएका अब्दुल्लाह नेपाल नफर्की कतारमै रहेका थिए । यद्यपि एन्फाले यस विषयमा कुनै पनि आधिकारिक धारणा राखेको छैन ।