नेपालको संविधान सबैले स्वीकार गरिसके : नेम्वाङ

इलाम । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान सबैले स्वीकार गरिसकेको बताएका छन् । इलाम सदरमुकाममा आज आयोजित पाँचौ जिल्ला सभालाई सम्बोधान गर्दै नेम्वाङले नेपालको नयाँ नक्सा पारित गर्ने क्रममा सबै दलले समर्थन गरेकाले संविधान स्वीकार गरेको प्रष्ट गरे ।

‘नेपालको संविधान निर्माण गर्दा केही दलको समर्थन थिएन, तर नक्सा पारित गर्ने बेला सबैको स्वीकृति रह्यो ।’ नेम्वाङले थपे, ‘संविधानप्रति कसैको बिमति रहनु बेग्लै कुरा हो, तर अहिले कसैले पनि अस्वीकार छैनन् ।’ भारतमा पनि त्यहाँको संविधान स्वीकार गर्न सर्वसाधारणलाई पाँच वर्ष लागेको नेम्वाङले बताए ।

उनले अहिलेको संविधान कठाेर नभएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङले एमालेको नेतृत्वमा नै नयाँ नक्सा संसदबाट पारित भएको बताए ।

उनले नेकपा एमालेले मुलुकभर पुनः जित हासिल गर्ने दावी पनि गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.