एमाले अधिवेशन : रुपन्देहीको तिलोत्तमामा सर्वसम्मत नेतृत्व चयन

बुटवल । एमालेले रुपन्देहीको तिलोत्तमा नगर कमिटीको नेतृत्व सर्वसम्मत टुङ्ग्याएको छ । नगर कमिटीको प्रथम अधिवेशनमा चार जनाले अध्यक्षमा उम्मेदवारी दिएकोमा आपसी सहमतिमा तामनाथ पाण्डे  अध्यक्ष चुनिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका नेत्र वनलाई उपाध्यक्ष र अर्का प्रत्याशी मीनप्रसाद पोखरेललाई सचिवमा चयन गरिएको छ । अध्यक्षका अर्का प्रत्याशी सुरेन्द्र श्रीले अन्तिम समयमा दाबी छाडेपछि पाण्डे सर्वसम्मत भएका हुन् ।

उपसचिवमा भने गंगा गुरुङ र गणेश उपाध्यायलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षका प्रत्यासी बनेका सुरेन्द्र श्री लाई जिल्ला कमिटीमा लैजाने गरी सहमति जुटेको छ । उनी तिलोत्तमा नगरपालिकाका प्रवक्तासमेत हुन् ।

अध्यक्षमा चयन भएका पाण्डे तिलोत्तमा वडा नम्बर १ का वडाध्यक्ष हुन् । वन र पोखरेल भने यसअघि पनि एमाले नगर उपाध्यक्ष र सचिव रहेका थिए ।

एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिका अर्का उपमहासचिव घनश्याम भुसालको गृहनगर हो । नगर अधिवेशनले ७५ सदस्यीय कमिटी निर्माण गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.