किन गए प्रधानमन्त्री देउवा सिटी सेन्टर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा किनमेलका लागि सिटी सेन्टर पुगेका छन् । 

बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिन जानु अघि प्रधानमन्त्री देउवा सिटी सेन्टर पुगेका हुन् । उनी भोलि (शुक्रबार) बेलायत जाँदैछन् ।

केही सुरक्षा गार्डका साथमा उनी सिटी सेन्टर पुगेका थिए ।  प्रधानमन्त्री देउवाले के-के किने भन्नेबारे भने उनको सचिवालयले खुलाएका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.