माओवादी सम्मेलनमा कति प्रतिनिधि सहभागी हुन पाउँछन् ?

काठमाडौं। नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि मापदण्ड बनाएको छ । 

कात्तिक १ देखि ३ गतेसम्म बसेको स्थायी समितिको बैठकले वडा तहदेखि राष्ट्रिय सम्मेलनसम्म सहभागी हुने प्रतिनिधिहरूका लागि मापदण्ड बनाएको हो ।  

सम्मेलनमा कति प्रतिनिधि सहभागी हुन् पाउँछन् ?

राष्ट्रिय सम्मेलनमा ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । माओवादी स्थायी समितिको बैठकले प्रत्येक प्रदेशबाट कम्तिमा ३० प्रतिनिधि सहभागी हुन पाउने निर्णय गरेकाे छ ।  बाँकी प्रतिनिधि पार्टी सदस्य संख्याको अनुपातमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । 

माओवादीले टोल भेला कात्तिक २७ गते, वडा भेला मंसिर ४ गते, पालिका सम्मेलन मंसिर ११ गते र प्रदेश सम्मेलन मंसिर २५ गतेका लागि तय गरेको छ ।

राष्ट्रिय सम्मेलन पुस १३, देखि १५ गतेका लागि तय गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.