काभ्रेपलाञ्चोक । काभ्रेमा नकेपा (एमाले) पालिका अधिवेशनले १० वटा स्थानीय तहमा नेतृत्व चयन गरेकाे छ ।
एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल, मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङ चयन भएका हुन् ।
जिल्लाका १३ वटा स्थानीय तहमध्ये नौ वटा स्थानीय तहमा मंगलबार स्थानीय तहको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
नमोबुद्ध नगरपालिकामा भने नेतृत्वका लागि आंकाक्षी धेरै भएपछि बुधबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गरिएको थियो । निवार्चनबाट कृष्ण खनाल निर्वाचित भएका थिए ।
काभ्रेका १३ वटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा अधिवेशन हुन बाँकी छ । जिल्लाको खानीखोला गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकामा अधिवशेन हुन बाँकी रहेको छ ।