काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेकाे छ ।
दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले बोलाएको स्थायी कमिटी बैठक सुरु भएको हो ।
नेता सुरेन्द्र पाण्डेका अनुसार आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्नेछ ।
अहिले एमालेको वडा र पालिका तहको अधिवेशन जारी छ ।