मेयर महिला कपः तुलसीपुर, वीरेन्द्रनगर र गोकर्णेश्वर विजयीको दाउमा

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा शुक्रबार तीन खेल हुनेछन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने प्रतियोगिताको नवौं दिन हुने पहिलो खेलमा बिहान ९ बजे समूह एफ को हेटौंडा उपमहानगरपालिका र तुलसीपुर नगरपालिकाबीच हुनेछ ।

हेटौंडा यसअघि पहिलो खेलमा गैंडाकोट नगरपालिकासँग १– ० ले पराजित भएको थियो । तुलसीपुरको यो पहिलो खेल हो । गैंडाकोटले एक खेलबाट तीन अंक जोडिसकेको छ ।

दोस्रो खेल दिउँसो १२ बजे समूह जी अन्तर्गत पोखरा महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच हुनेछ ।

यस समूहको पहिलो खेलमा पोखरा कैलालीको गोदावरी नगरपालिकासँग ६– ० ले पराजित भएको थियो । यो जितसँगै कैलालीको गोदावरीले तीन अंक जोडेको छ । वीरेन्द्रनगरको भने यो पहिलो खेल हो ।

आजको अन्तिम खेल दिउँसो ३ बजे धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच हुनेछ । धनगढि लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।

धनगढीले पहिलो खेलमा धनकुटा नगरपालिकालाई ५–० ले हराउँदै तीन अंक जोडिसकेको छ । गोकर्णेश्वरको भने समूह चरणको यो पहिलो खेल हो ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.