स्पेनी सभामुख र ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रा मादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.