विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिक सम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका काम कारबाही अघि बढाउन निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

देउवाले निधिलाई पत्र लेखेर आफ्नो अनुपस्थितिमा कार्यवाहक सभापति भएर विधानअनुसार काम गर्न निर्देशन दिएको केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.