बोक्साको आरोपमा एक पुरुषमाथि कुटपिट

काठमाडौं । औरही नगरपालिकाका-९ का ५५ वर्षीय रुपसी ठाकुर लोहारमाथि बोक्साको आरोपमा कुटपिट भएको छ ।

छिमेकीले उनीमाथि बोक्साको आरोप लगाउँदै उनीमाथि कुटपिट गरी मलमूत्र खुवाएका हुन् ।

प्रहरीका अनुसार छिमेकी रामशिलादेवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलले लोहारमाथि कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार सो घटना बिहीबार भएको थियो ।  सुरुमा दुवै पक्षबीच आपसमा गालीगलौज भएको थियो । त्यसपछि एक समूहले लोहारलाई मलमूत्र खुवाएका थिए ।

घटनामा संलग्न एक महिला पक्राउ परेकी छन् ।  उक्त घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको डिएसपी बिष्टले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.