एपीपीजी–एनलाई देउवाले सम्बोधन गर्ने

लण्डन ।  प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायत पुगेका छन् ।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार बेलायत गएका थिए । नोभेम्बर १ र २ मा हुने वल्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनाल सहितले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेश फर्किने छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.