कैलालीमा चक्कु प्रहाबाट एक जनाकाे मृत्यु

काठमाडौँ । कैलालीमा चक्कु प्रहारबाट एक जना किशोरको हत्या भएको छ ।

टीकापुर नगरपालिका-८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कु प्रहारबाट हत्या भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) का अनुसार आपसी विवाद भइरहेकाे बेला भजनी नगरपालिका-३ बस्ने १८ वर्षका किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेका हुन् ।

उनका अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे  छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.