नेपालका विभिन्न पर्यटकीय स्थलमध्ये मार्दी हिमाल पनि एक हो ।
पदयात्रामार्फत् स्वदेशी तथा विदेशी पर्यटक मार्दी हिमाल हेर्न पुग्ने गर्छन् । हाल माछापुच्छ्रे गाउँपालिकाको धम्पुस, कालिमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अस्ट्रेलियन क्याम्पसम्म गाडीमा पुग्न सकिन्छ । त्यहाँबाट भने पद यात्रा गर्नुपर्छ ।