बाजुरामा बाढी पहिरोले साढे ४ करोडभन्दा बढी क्षति

बाजुरा । बैमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढी पहिरोका कारण जगन्नाथ गाउँपालिकामा कराेडौँको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाढी पहिरो जाँदा गाउँपालिकाको  करोडौँको क्षति भएको छ ।

वर्षाले जगन्नाथ गाउँपालिकाको  कार्यालयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा ४ करोड ५० लाखभन्दा बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए ।

बेमौसमी वर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए । गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष शाीले बताएका छन् ।

कात्तिक २ मा अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ ।

अस्पताल समेत बगाउदा कार्तिक १ गतेबाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ । अस्पताल सञ्चालन गर्ने ठाउँ नभएपछि दुई सातादेखि उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको कार्यालय पनि अहिले अस्थायी रुपमा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.