एमाले अधिवेशन : सुदूरपश्चिमका १ सय ७० वडा अधिवेशन बाँकी

धनगढी । सुदूरपश्चिमका १ सय ७० वडामा एमालेको अधिवेशन हुन बाँकी छ । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा अधिवेशन हुन नसकेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो  । बझाङमा बाढी पहिरोका कारण आवत-जावतमा केही कठिनाई हुँदा समस्या भएको हो  । उनका अनुसार बझाङमा १४ गते सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर एकै पटक सार्वजनिक गरिनेछ । बझाङका १ सय ६० र कैलालीका चार तथा कञ्चनपुरका १० वडामा एमालेको वडा अधिवेशन हुन नसकेको उनले बताए ।

सचिव रावलका अनुसार शुक्रबारसम्म नेकपा एमालेले सुदूरपश्चिमका बझाङ बाहेकका आठ जिल्लाका ५ सय ६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा ७ सय ३४ वडा रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.