अधिकारकर्मी देवकोटासहित दर्जनौं एमाले प्रवेश

राजविराज । सप्तरीमा अधिकारकर्मी अनिता देवकोटासहित दर्जनौं महिला एमालेमा प्रवेश गरेका छन् ।  उनीहरु नेपाली कांग्रेस परित्याग गरी हिजो राजविराजमा आयोजित नेकपा (एमाले) भातृ संगठन अखिल नेपाल महिला संघको प्रदेश स्तरीय विस्तारित बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रमबाट एमाले प्रवेश गरेका हुन् ।

 अधिकारकर्मी देवकोटा लगायतका कञ्चन झा,अधिकारकर्मी सुनरवती यादव, मन्जु साह लगायत एमाले प्रवेश गरेका छन् ।

एक दशकभन्दा बढी समय नेपाली कांग्रेसमा सक्रिय रहेर काम गरेकी छु । तर मैले मेरो क्षमताले भ्याएसम्म गर्न पाएको अनुभूति छैन । विभिन्न बाधा अवरोध, समस्या र चुनौतिहरु सामना गर्नु परेको छ।

'म केपी ओलिको विचार, शव्द र काम गर्ने शैलीबाट प्रभावित छु । एमाले मात्र जनताको विचार बुझ्न सक्ने पार्टी हो । यहाँ म जस्तो महिलाको आवश्यकता रहेको ।’ देवकाेटाले बताइन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.