जावलाखेलमा पुष्प प्रर्दशन(फोटो फिचर)

काठमाडौं । तिहारको छेको पारेर फ्लोरिकल्चर एसोसियसन अफ नेपालले ललितपुरको जावलाखेलमा शुक्रबारबाट पुष्प प्रर्दशन गरेको छ । निरन्तरको वर्षा र लामो निषेधाज्ञापछि बगैँचामा फूल फुलाउन नसकेका मध्यम वर्गका परिवारको मेलामा भिड लागेको छ ।

प्रर्दशनीमा फूल हेर्ने, सेल्फी खेच्ने, नयाँ नयाँ फूल छान्ने र किन्नेको भिड लागेको छ । प्रर्दशनीमा सयपत्री, गोदावरी, गुलाफलगायतका फूलहरू सझाइएको थियो । मेलामा बगैँचा निर्माण गर्ने आवश्यक सामग्री फूलका बिउ कोकोबिड मललगायतका सामान समेत छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.