काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार )लुम्बिनी आउने भएकी छिन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको बुद्धमूर्ति अनावरणका साथै लुम्बिनीमा सञ्चालन हुने अन्य कार्यक्रममा सहभागी हुने उदेश्यले उनी आउन लागेकी हुन । ।
राष्ट्रपति भण्डारीद्धा।रा लुम्बिनीमा बज्रयानी विहारको उद्घाटन गर्ने कार्यक्रम कार्यक्रम रहेको छ । । लुम्बिनी विमानस्थलमा बुद्ध म्ुर्ती आज १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन अधिकारीले बताए ।
लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले भने, ‘ म्यानमारका भिक्षु कालीगढद्वारा झण्डै ६ महिनाको अवधिमातयार पारिएको मूर्तिको उचाई १.९ मिटर ,चौडाई ६० सेन्टीमिटर र उक्त मुर्तिको तौल भने १८ सय किलोग्राम रहेको छ ।’ लुम्बिनीमा राखिने मुर्ति म्यानमारमा तयार पारिएको र भारत हुँदै नेपाल ल्याइएको हो ।साँढै दुई अर्बको लगानिमा निर्माण गरिएको उक्त मुर्ति भन्सार शुल्क नलाग्ने गरी अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा नेपाल भित्र्याएको हो ।
सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण पनि मूर्ति अनावरण कार्यक्रममा सामेल हुने भएका छन । उनी पार्टी कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रमको तालिका तय भएको छ ।
यस्तैगरी बुद्धजन्मस्थल लुम्बिनीमा प्राचिन कलासहितको नेपाली बज्रयानी विहार आज (आइतवार) राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी रहेको छ । नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण भएको विहारका अध्यक्ष प्रा.डा .नरेशमान बज्राचार्यले बताए ।
यस्तै जिल्ला प्रशासन कार्यलयका अनुसार राष्ट्रपति भण्डारी आज (आइतवार) बिहान १० बजे विमानस्थलमा उपस्थित हुने कार्र्यक्रम रहेको थियो । त्यपछि आज हुन लागेका सबै कार्यक्रममा सहभागि हुने उनको तयारी छ ।
राष्ट्रपतिले लुम्बिनीमा निर्माण भएको ५ हजार क्षमताको ध्यान हल अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त हलको शिलान्यास भने राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । त्यसपछि विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थल गएर बुद्धको मुर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ ।