आईसीसी टी–ट्वान्टी विश्वकपः आज दुई खेल हुँदै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ । समूह–२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । अबुधावीमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहोरेको थियो ।

यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो । दुबै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।

आइतबारको दोस्रो खेलमा भारत र न्यूजिल्यान्ड आमनेसामने हुनेछन् । दुबईमा हुने खेल खेल राति ७ः ४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दुबै टोली पाकिस्तानसँग पराजित भएको थियो । त्यसैले आइतबारको खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् ।

समूह–२ मा लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.