सप्तरी । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)जनार्दन गौतमले दोस्रो चरणको जनगणना अभियानमा खटिने गणकहरुको तालिम उद्घाटन गर्नु भएको छ।
जिल्ला जनगणना कार्यालय राजविराजद्वारा आज शनिबार आयोजित तालिमलाई मैनबत्ती बालेर उद्घाटन गरेका हुन् । तथ्यांक संकलनमा स्थानीय युवालाई परिचालन गरिएको छ । राष्ट्रिय अभियानको रुपमा रहेको जनगणना राष्ट्रले सुम्पेको जिम्मेवारी भएकाले नियुक्त गणकले इमानदारीपुर्वक,सत्य र तथ्य विवरण संकलन गर्नुपर्ने छ। सप्तरी जिल्लाका सबै स्थानीय तह लगायत देश बिकास निर्माणमा जनगणनाबाट प्राप्त तथ्यांकले महत्त्वपूर्ण भुमिका खेल्ने सिडिओ गौतमले बताए ।
कार्तिक २५ गतेदेखी मंसिर ९ गतेसम्म जिल्ला भरिमा दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्रत्यक्ष मौखिक गणनामा खटिने गणकहरुको तालिम शुरु भएको जिल्ला जनगणना अधिकारी सञ्जय चौधरीले बताएका छन् ।
पाराडाइज क्याम्पस स्थित शुरु भएको चार दिने तालिम कार्तिक १६ गतेसम्म हुनेछ । जिल्ला भरिमा ६ सय ८० जना गणक खटाइएको छ । बोदेबरसाइन नगरपालिका ,सुरुङा नगरपालिका ,शम्भुनाथ नगरपालिका,हनुमाननगर कंकालनी नगरपालिका र कञ्चनरुप नगरपालिका गरि ६ वटा शाखा कार्यालय मार्फत जिल्ला भरी गणक परिचालन हुनेछ । यसैबीच राजविराजमा एक सय ८० जनालाई आजदेखी तालिम दिन लागिएको जनगणना अधिकारी सञ्जय चौधरीले बताए ।
तालिम उद्घाटन कार्यक्रम स्थानीय जनगणना अधिकारी अनिता चौधरीको अध्यक्षतामा र सिडिओ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भए ।