चितवन हिँडेका ओलीलाई धादिङमा भव्य स्वागत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बीच बाटोमा अभिनन्दन गरिएको छ । कार्यालय विभाग प्रमुख रामजी सापकोटाका अनुसार स्थलमार्ग हुँदै चितवन हिँडेका ओलीलाई स्थानीयबासीले धादिङको महादेवबेँसी, गल्छी र मलेखुमा स्वतस्फूर्त स्वागत तथा अभिन्दन गरेका छन् ।

सापकोटाका अनुसार ओली मंगलबारसम्म चितवन रहनेछन् । ओलीले पालिका अधिवेशन उद्घाटन, महाधिवेशन उद्घाटन स्थलकाे अवलोकन गर्ने कार्यक्रम छ । 

चितवन गएकाे टोलीमा ओली पत्नि राधिका शाक्य, स्थायी समिति सदस्य प्रभु साह, राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल सहभागी रहेकाे युवा स‌ंघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले जानकारी दिएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.