काठमाडौं । क्यानारी वाइन एण्ड वेभरेज कम्पनी प्रालिले नेपाली बजारमा आफ्नो नयाँ ब्राण्ड डिकेज वाइन ल्याएको छ । कम्पनीले ओकको स्वादमा अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्ध भएको वाइन बजारमा ल्याएको हो ।

अन्तराष्ट्रिय स्तरको गुणस्तर र स्वादका साथ उच्चतम प्रविधिको प्रयोग गरि वाइन उत्पादन गरिएको कम्पनीको दावी छ । कम्पनीले हाल रेड र ह्वाइट दुई प्रकारको वाइन उत्पादन गरेको छ । मानव स्वास्थ्यको दृष्टिकोणले लाभदायी रहेको कम्पनीले जनाएको छ ।
क्यानारी वाइन एण्ड वेभरेज कम्पनीद्धारा उत्पादित यस डिकेज वाइनको देशव्यापी वितरण भने स्टार एण्ड स्ट्रिप्स प्राइभेट लिमिटेडले गरेको छ । हाल बसुन्धारास्थित स्टार एण्ड स्ट्रिप्स प्राइभेट लिमिटेडको डिलरबाट डिकेज वाइन विक्री वितरण भइरहेको छ ।
