प्रदेश-१ मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

काठमाडौं । प्रदेश-१ का मुख्मन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी(प्यासी) समक्ष राजीनामापत्र बुझाएका छन् । 

सोमबार प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश १ प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले आज राजीनामाको घोषणा गरेका थिए ।

आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.