प्रचण्ड बुर्जुवाहरुलाई नेता मानिरहेका छन् : बादल

काठमाडौं । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले नेपाली कांग्रेसलाई बुर्जुवाहरूको पार्टीको संज्ञा दिएका छन् ।

चितवनको भरतपुरमा आयोजित एमाले महानगर कमिटीको अधिवेशनलाई सम्बोधनका क्रममा बादलले यस्तो संज्ञा दिएका हुन् ।

बादलले भनेका छन् ‘नेपालका बुर्जुवाहरूलाई प्रचण्डले नेताका रूपमा स्वागत गरेका छन् ।’ प्रचण्डले दक्षिणपन्थी कम्युनिष्ट आन्दोलनको प्रतिनिधित्व गर्छन् ।  माधव नेपाल अर्को हुन, उनीहरू दक्षिणपन्थीको प्रतिनिधित्व गर्छन् ।’ 

सम्बोधनमा बादलले भने, ‘देशी-विदेशी शक्तिको षड्यन्त्रका कारण परमादेशको सरकार बनेको छ ।’ उनले भने, 'राष्ट्रिय स्वाधीनता रक्षा कसरी गर्ने भन्ने चुनौति आएको छ ।’

देशमा देखिएका चुनौतिको सामना एमालेले गर्न सक्ने उनको दाबी छ । बादलले भने, ‘दक्षिणीपन्थी अवसरवादलाई परास्त नगरी समाजवादको आधार तयार गर्न सकिँदैन ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.