स्थानीय सरकारबाहेक एमाले पूर्णरुपमा सत्ताबाहिर

काठमाडौं । नेकपा एमाले आजबाट देशभर प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ । 

प्रदेश-१ सरकारबाट भीम आचार्यले पदबाट राजीनामा दिएसँगै नेकपा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको हो ।

२०७४ मा भएको संघ र प्रदेशसभा निर्वाचनमा लगभग दुईतिहाइ नजिक नतिजा ल्याएको एमालेले संघीय सरकारका साथै प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी सरकारको नेतृत्व गरेको थियो ।

नेकपा विभाजनसँगै नेकपा एमालेले संघीय, गण्डकी र लुम्बिनी प्रदेश सरकार गुमाएको थियो । 

२०७४ सालको आमनिर्वाचनमा प्रदेश १ र बागमती दुवैमा एमालेले एकल बहुमत प्राप्त गरेको थियो । तर, भदौ ९ गते एमाले औपचारिक रुपमा विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन हुँदा एमालेले दुवै प्रदेशमा बुहमत गुमाएको गुमाउन पुग्यो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.