चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज माडीको अयोध्याधाम अवलोकन गर्दै छन् । माडी अयोध्याधाम जाने क्रममा ओलीलाई जगतपुरवासीले स्वागत तथा अभिनन्दन गरेका छन् ।
सयौंको संख्यामा रहेका स्थानीयले अभिनन्दनको क्रममा उनलाई सुन्न चाहेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका हुन् । आफ्नो स्वागतको लागि स्वतस्फूर्त रुपमा उपस्थित भएका सयौं जगतपुरवासीलाई अध्यक्ष ओलीले धन्यवाद दिदै १० मिनेट सम्बोधन गरेका हुन् ।
माडीको कार्यक्रमपछि अध्यक्ष ओली नारायणीमा क्रुजको अवलोकन गर्न जाने कार्यक्रम तय भएको छ । नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलका अनुसार माडीको कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष ओलीले नारायणीमा क्रुजका साथै महाधिवेशन उद्घाटन स्थल नारायणी किनारको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताइन् ।
हिजो चितवन पुगेका ओलिले भरतपुर महानगरको अधिवेशन उद्घाटन र १० औँ महाधिवेशनको बन्द सत्र हुने सौराहाको अवलोकन गरेका थिए ।
https://www.facebook.com/quick.nepal/videos/3154862438131014/




