अयोध्यापुरीमा एमाले अध्यक्ष ओलीद्धारा बरपिपल वृक्षारोपण(फोटोफिचर)

चितवन । चितवनको राम भूमि अयोध्यापुरीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरपिपल वृक्षारोपण गरेका छन् । राम नेपालमै जन्म भएको र त्यसको प्रचारको लागि माडीस्थित अयोध्याधाममा राम मन्दिरको निर्माण गर्ने घोषणा गरेका ओलीले बिहीवार रामको मूर्तिमा माला अर्पण गरेका छन् ।

माला अर्पण लगतै सभालाई सम्बोधन गरेका ओलीले त्यहिँ पार्क निर्माण हुने बताउँदै बरपिपलको वृक्षारोपण गरेका हुन् । अयोध्या विकास र यसको अनुसन्धान गरि प्रचार गर्नुपर्ने भन्दै राम जन्म भुमिलाई अझ महत्व बढाउन बरपिपलको वृक्षारोपण गरिएको राष्ट्रिय युवा संघ नेपालका कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।

त्यस क्षेत्रमा पार्क निर्माण गर्न डेकोर स्टुडियोले स्वतस्फुर्त रुपमा डिजाईन तयार पारेको थियो । राम मन्दिर र मन्दिर आसपासका क्षेत्रलाई व्यवस्थित गर्ने गरि पार्क निर्माण गर्न डेकोर स्टुडियोका निर्देशक मनोज गुप्ताले डिजाईन तयार पारेका हुन् ।

अयोध्यापुरीमा अध्यक्ष ओलीले सम्बोधन गर्दा हजारौं स्थानीयको भिड लागेको युवा संघ नेपालका सापकोटाले बताए । सापकोटाले यूवासंघको तर्फबाट गएको रावनवमीमा काठमाडौंबाट अयोध्याधामसम्म राम, सीता र हुनुमानको रथयात्राको नेतृत्व गरेका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.