जाजरकोट । नलगाड नगरपालिका– ५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्ट दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड–८ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो ।
नलगाड–८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।