न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास

काठमाडौं । न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार वन्दी-प्रत्यक्षीकरणका मुद्दा सनुवाई गर्न ९ वटा इजलास गठन गरेका छन् । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन् ।

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने बुधबार पनि इजलास नजाने बताएका छन् । सोमबार बन्दीका मुद्दामा सुनुवाई गरेका न्यायाधीश मंगलबारबाट पुन: इजलासमा नजाने निर्णयमा छन् ।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेको लगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् । न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौँथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेका छ । कानून व्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.