सूर्योदय नगरपालिकाका अधिकांश जनप्रतिनिधि नेकपा (एस)मा
एमालेबाट निर्वाचित ४३ जना जनप्रतिनिधिले नेकपा (एस)मा सनाखत गरेका छन् ।

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाल निर्वाचित क्षेत्रमा रहेको सूर्योदय नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

एमालेबाट निर्वाचित ४३ जना जनप्रतिनिधिले नेकपा (एस)मा सनाखत गरेका छन् । सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइली र नाैवटा वडाका वडा अध्यक्षसहित ४३ जनाले नेकपा (एस) रोजेका हुन् ।

सूर्योदय- २ का वडा अध्यक्ष चन्द्रकुमार सुब्बा, वडा- ४ का मधुसूदन लामिछाने, वडा- ५ का प्रेमबहादुर तामाङ, ६ का शिवकुमार बस्नेत, ८ का सुभाषकुमार राई, ९ का देवेन्द्र शर्मा, १० पेमा उर्गेन लामा, ११ टेकबहादुर राई र वडा- १२ डोलेन्द्र भारध्वजले नेकपा (एस) रोजेका हुन् ।

सूर्योदयमा १० वटा वडा अध्यक्ष एमालेबाट निर्वाचित थिए । यस्तै, माईजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पनि नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् ।

त्यस्तै, वडा- ५ का वडा अध्यक्ष दाताराम सञ्जेलसहित नौ जनाले नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् । सोमबार ५६ जनाले जिल्ला निर्वाचनको कार्यालयमा पुगेर सनाखत गरेका छन् । त्यसमा देउमाई नगरपालिकाका एक जना, सन्दकपुर गाउँपालिकाका एक जना, इलाम नगरपालिकाकाका एक जनाले नेकपा (एस)को पक्षमा सनाखत गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.