१० भाइलाई नेकपा एसमा आउन माधव नेपालको आह्वान

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाइलाई नेकपा एसमा आउन आह्वान गरेका छन् ।

एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आएपनि हुन्छ । स्वागत छ .’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरुसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस् ।’ उनले भने ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.