सुर्खेत । सुर्खेतमा पिकअप जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ झुप्रा खोला जाने बाटो नजिकै पिकअप जीप दुर्घटनामा परि चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।
दाङबाट सुर्खेत जाँदै गरेको रा १ च १३१० नम्बरको जीप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनाबाट दाङ घोराही नगरपालिका वडा नम्बर १३ बस्ने २९ वर्षीय चालक राजु विकको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घट्नामा रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ३ बस्ने १६ वर्षीय सहचालक लोकेन्द्र सुनार घाइते भएका छन् ।