काठमाडौं । नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखको जिम्मेवारी झलनाथ खनालले पाएका छन् ।
बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्य तोक्ने क्रममा विदेश प्रमुखको जिम्मेवारी झलनाथ खनालले पाएका हुन् ।
एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुषाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुषाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् ।