देउवाले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्युनीकरणका लागि सन् २०४५ सम्ममा नेपाल शून्य कार्वन उत्सर्जनमा पुग्ने प्रतिवद्धता जनाएका छन् । देउवाले सम्मेलनमा नेपालको कूल जनसंख्याको करिब ८० प्रतिशत जनता जलवायु परिवर्तनको असरबाट प्रभावित भएको बताएका छन् ।
काठमाडौँ । जलवायु परिर्वतनसम्बन्धी विश्व सम्मेलन कोप–२६ ग्लास्गोमा सम्पन्न भएको छ । कात्तिक १२ देखि १६ गतेसम्म चलेको कार्यक्रममा नेपालका तर्फबाट भाग लिन प्रधानमन्त्री सहित २० सदस्यीय टोली ग्लास्गो पुगेको हो ।
भ्रमणमा बेलायतका प्रधानमन्त्री वोरिस जोनसनसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर विश्वमा नै नकारात्मक असर परेको बताएका छन् । जलवायु परिवर्तनका समस्या समाधानका लागि विश्व समुदाय एक ढिका भएर लाग्न प्रधानमन्त्रीको आग्रह छ ।
जलवायु परिर्वनका कारण वातावरण, जल, स्थल प्राणीमा प्रतिकूल असर परेको र यसको न्युनीकरणको लागि विश्व समुदाय हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा प्रधानमन्त्रीको जोड थियो । जोनसनसँगको भेटमा विकासोन्मुख राष्ट्रलाई सम्पन्न राष्ट्रले सहयोग गर्नुपर्ने प्रधानमन्त्रीको भनाई रहेको थियो ।
ग्लास्गो सम्मेलनमा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण हिमालमा हिँउ कम अथवा बढी परेका हिँउ लामो समयसम्म नरहने भएकाले अन्य देशका टापुहरुमा पनि खतरा बढ्ने बताएका छन् ।
देउवाले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्युनीकरणका लागि सन् २०४५ सम्ममा नेपाल शून्य कार्वन उत्सर्जनमा पुग्ने प्रतिवद्धता जनाएका छन् । देउवाले सम्मेलनमा नेपालको कूल जनसंख्याको करिब ८० प्रतिशत जनता जलवायु परिवर्तनको असरबाट प्रभावित भएको बताएका छन् ।
हिमनदीमा पानीको मात्रा घटेको छ । जलवायु परिर्वतनका कारण कृषि, वन, वातावरणमा नकारात्मक असर परेको छ । मानव जाति, जल तथा स्थल प्राणीमा नकारात्मक असर परिरहेको छ । जसका कारण पृथ्वीमा हजारौँ प्राणीको अस्तित्व लोप भइरहेको र लोप हुने खतरा रहेको छ ।
मानवीय क्रियाकलापहरु बढ्नाले वायुमण्डल प्रदुषित भइरहेको छ । हरितगृह ग्याँसको मात्रा बढ्नाले सुर्यबाट आउने परावैजनिक किरण सिँधै पृथ्वीमा आउने भएकाले वातावरणमा असन्तुलन बढेको छ । यस्ता गतिविधि रोक्न विश्व समुदाय नै लाग्नु पर्छ ।
सम्मेलनमा प्रधानमन्त्री देउवाले सन् २०३० सम्ममा नेपालले वृक्षारोपन कार्यमा जोड दिई ४५ प्रतिशतले वन जंगल बढाउने प्रतिबद्धता जाहेर गरेका छन् । कार्वन बोटविरुवाले सोस्ने हुँदा नेट मिसन पुरा हुन सक्ने देउवाको धारणा रहेको थियो ।
हिमालयन क्षेत्रको विकास र कार्बन उत्सर्जन व्यवस्थापनको लागि नेपाल सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रम आयोजना हुँदै छ ।
जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमनदी पग्लिने समस्या बढ्दाको असर तल्लो तटीय क्षेत्रमा पर्ने भएकाले यस्तो समस्या समाधानका लागि विश्वका नेताहरुले समयमा नै सोच्नु पर्ने छ ।
हिन्दुकुश वा हिमालय क्षेत्रले वर्तमान समयमा १ अर्व ६ करोड मानिसलाई पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
ग्लास्गो सम्मेलनको भाषणमा देउवाले भने ‘वर्तमानको अवस्था हेर्दा विश्व तापमापन वृद्धि १.५ सेल्सियसमा स्थिर गर्न सकिँदैन । पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्ने हो, भने विकसित मुलुकले बढी चासो राख्नु पर्दछ ।’
सम्मेलनमा विश्वभरका १ सय २० देशका सरकार प्रमुखले सहभागी थिए ।
बेलायतका प्रधानमन्नत्री बोरिस जोनसोनले सम्मेलनमा भनेका छन्–यदि आज हामी यो जेनेरेसनले यसको विषयमा ध्यान दिदैनौँ भने, भोलिका सन्ततिले यसको नियन्त्रण गर्न सक्दैनन् ।
अन्तर्राष्टिय उर्जा निकाय आईईएको प्रतिवेदनले सन् २०१८ मा कार्बनडाइअक्साइडको मात्रा बढेको देखाएको छ ।
सर्वप्रथम सन् १९९३ मा डब्ल्यूएमको प्रतिवेदन प्रकाशित हँदा वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा ३ सय ५७ पीपीएम थियो, भने अहिले बढेर यो मात्रा ४०५.५ पीपीएम पुगेको छ र थप बढ्ने सम्भावना रहेको छ ।