असार २८ का जस्ता थप प्रतिगामी परमादेश आउन सक्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता थप प्रतिगामी परमादेश आउन सक्ने बताएका छन् ।

आइतबार कर्णाली-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा परमादेशमार्फत् बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई इंगित गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

असार २८ मा सर्वोच्चले तत्कालीन सरकारलाई बर्हिगमन गरी गठबन्धन नेतृत्वको सरकार बनाउन आदेश दिएको थियो । ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । 

ओलीले सो क्रममा एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.