एम्बुलेस दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालनमा ल्याएको मे १ झ ३१७० नं को एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । गए राति मैवाखोलाको मिल्केडाँडामा एम्बुलेन्स दुर्घटना भएको जानकारी आएको थियो ।

सोहि एम्बुलेन्समा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । एम्बुलेन्समा सवार अरु ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

बिरामी वीरबहादुर लिम्बूलाई लिएर मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.