तेह्रथुम । तेह्रथुममा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका– ६ बस्ने खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा दमाईले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।