भट्टराईले दिए ओलीलाई चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उडन्ते कुरा नगर्न चेतावनी दिएका छन् । 

आइतबार कर्णाली-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले माओवादी युद्ध र राजाहरुले देश निर्माणको क्रममा मौसूफहरुको भूमिकाप्रति ओलीले दिएको अभिव्यक्तिप्रति लक्षित भट्टराईले सो अभिव्यक्ति दिएका हुन् । 

सो क्रममा उन

ओलीले देशमा युद्ध गराउनेहरुका छोराछोरीहरु युरोपमा गएर पढाएको भनी अभिव्यक्ति दिएका थिए । यसैको प्रतिक्रियास्वरुप भट्टराईले सामाजिक सञ्जालमार्फत् भनेका छन् , ‘मित्र खड्गप्रसाद जी पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन्। त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न!’

© 2021 Quicknepal.com  |  All Rights Reserved.