सवारी दुर्घटनामा पुरोहितको ज्यान गयो

उदयपुर । उदयपु सदरमुकाम गाईघाटमा सवारी दुर्घटनामा एक बृद्धको ज्यान गएको छ । त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित मेन चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा त्रियुगा नगरपालिका ११ शान्तिनगर टोलका ८५ वर्षीय पुरोहित कुलप्रसाद भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते भण्डारीको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । को १९ प ९६४६ नम्बरको मोटरसाइकल र स १ ह१६२० नम्बरको अटो ठोक्किएका थिए । मोटरसाइकल पछाडि सवार भण्डारीको ज्यान गएको हो ।

अटो चालक चौदण्डीगढी नगरपालिका ७ का नरबहादुर कार्कीले चलाएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.