काठमाडौं । कांग्रेस क्षेत्रीय प्रतिनिधिका आकांक्षी बढेका छन् । क्षेत्रीय प्रतिनिधिका लागि देउवा, पौडेल, सिटौला र निधी समूहबाट प्रदेश प्रतिनिधिका लागि दाबी पेस भएको छ ।
क्षेत्रीय प्रतिनिधिका लागि एक प्रदेशका लागि कम्तीमा दुई समूहदेखि चार समूहले दाबी पेस गरेका छन् ।
प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा देउवा र पौडेल समूहले दाबी पेस गरेका छन् । तर, प्रदेश २ र बागमती प्रदेशमा भने तीन समूहले दाबी पेस गरेका छन् ।
प्रदेश २ मा प्रदेश प्रतिनिधिमा दाबी गर्नेहरुमा देउवा,पौडेल र निधि छन् भने बागमती प्रदेशमा देउवा, पौडेल र सिटौला समूहले दाबी पेस गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहबाट क्षेत्रीय प्रतिनिधिका लागि वीरबहादुर बलायर, गोविन्द शाह, नरनारायण शाह र बहादुर थापा गरी चार जनाले दाबी गरेका छन् भने प्रदेश २ मा संस्थापन, संस्थापनइतर समूह र निधि समूहबाट एक/ एक जनाले दाबी पेस गरेका छन् ।
प्रदेश १ मा भीष्मराज आङ्दम्बे र अमृत अर्यालले दाबी गरेका छन् भने संस्थापनइतरपक्षबाट गुरुराज घिमिरे र राजीव कोइरालाले दाबी गरेका छन् ।
त्यसैगरी, प्रदेश २ मा संस्थापन पक्षबाट कृष्ण यादवले दाबी पेस गरेका छन् भने संस्थापनइतर पक्षबाट अजय द्विवेदी र निधि समूहबाट रामसरोज यादवले दाबी गरेका छन् ।
त्यसैगरी, बागमती प्रदेश संस्थापन इन्द्र बानियाँले संस्थापनइतर समूहले मधु आचार्य, रामनाथ अधिकारी र जगदीशनरसिंह केसी र सिटौला समूहबाट भीसेनदास प्रधानले दाबी गरेका छन् ।
गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुन जोशीले संस्थापनइतरबाट यज्ञबहादुर थापा, रघुनाथ पौडेल र कृष्णचन्द्र नेपालीले दाबी पेस गरेका छन् ।
लुम्बनी प्रदेशमा देवेन्द्रराज कँडेल र भरत शाहले क्षेत्रीय नेतृत्वका लागि दाबी पेस गरेका छन् भने संस्थपनइतर पक्षबा अर्जुननरसिंह पुन र भरत शर्माले नेतृत्वका लागि दाबी पेस गरेका छन् ।
कर्णाली प्रदेशमा संस्थापनपक्षबाट ललितजंग शाही, कालीबहादुर सहकारी र राजीवविक्रम शाहले दाबी पेस गरेका छन् भने संस्थापइतर हृदयराम थानी र भूपेन्द्रजंग शाहीले दबी पेस गरेका छन् ।
त्यसैगरी, सुदूरपश्चिममा संस्थापन पक्षबाट वीरबहादुर बलायर, गोविन्द शाह, नरनारायण शाह र बहादुर थापाले दबी गरेका छन् भने सस्थापनइतर पक्षबाट भरत खड्काले दाबी पेस गरेका छन् ।