काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्बन्धमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवामध्ये एकले झुटो बोलेको बताएका छन् ।
सोमबार विराटनगर पुगेका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममा ओलीले देउवा वा प्रचण्डमध्येले एमसीसी सम्बन्धमा झुटो बोलेको बताएका हुन् । ्
‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नु हुन्छ ।’ पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।’
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिएर स्वदेश फर्किएका देउवाले आफू र प्रचण्डले एमसिसी पास गर्नका लागि संयुक्त पत्र लेखेको बताएका थिए । तर, देउवाको सो अभिव्यक्तिको प्रचण्डले खण्डन गरेका छन् ।
प्रधानमन्त्री देउवाको अभिव्यक्ति खण्डन गर्दै प्रचण्डले भनेका थिए, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीबारे दिएको अभिव्यक्तिलाई लिएर देशभरिका नेता तथा कार्यकर्ताले फोन गर्नु भयो । उहाँ प्रधानमन्त्रीले भनेजस्तो गरी एमसLसी पास गर्न पत्र पठाएको होइन ।’