काठमाडौं । सुर्खेतको लेकवेशी नगरपालिका–१ ढापखर्कमा ७ बर्षीया बालिकाको घाँटी रेटी हत्या भएको छ ।
आइतवार विहान घरबाट नजिकैको पसलमा सामान किन्न गएकी बालिका लामो समयसम्म पनि घर नफर्किएपछि बालिकाको बुवा गगनबहादुर सुनारले प्रहरीमा खोजी दिन उजुरी दिएका थिए ।
बालिकाको शव आइतवार विहान घरबाट केहि दुरीमा रहेको खरबारीमा घाँटी रेटिएको अवस्थामा आज विहान साढे १० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए ।
‘सुर्खेतबाट ४ घण्टाको यात्रा गर्नु पर्ने भएकाले म अहिले घटनास्थलमा जाँदै छु, इलाका प्रहरी कार्यालय लेकवेशीले अनुसन्धान गरिरहेको छ,’ एसपी विष्टले भने ।