काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताको बैठक सुरु भएको छ । बालुवाटर स्रोतका अनुसार केहीबेर अघिबाट बालुवाटारमा सो बैठक सुरु भएको हो ।
साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा अघि बसेको बैठक त्यसपछि भने बस्न सकेको छैन। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
न्यायालयको विवादका विषयमा सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन बैठकमा छलफल गर्ने बताएका थिए ।