१५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन : ओली
छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा बोल्न नसक्ने वर्तमान सरकारलाई छिटो बिदा गर्नुपर्ने बताएका छन् । 

युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले 'यो सरकार शाश्वत नभएको र बलजफ्ती थोपरिएको भर्‍याङमुनिको पाहुना सरकार' भन्दै यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्नेमा जोड दिए ।

'यो सरकार अवैध सम्बन्धको परिणाम हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ । छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन ।

२०७९ को मंसिरमा चुनाव गराउनै पर्छ । अब १४ महिना रह्यो । १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन । तपाईंहरू सुत्नुभयो भने यस्ता सरकार बनिरहन्छन् । तपाईंहरू उठ्नुभयो भने यस्तो सरकार बिदा हुन्छ । देशभक्त, गरिबीविरुद्ध लड्ने सरकार बन्छ', उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.