अछाम । बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीको हेलिकोप्टरबा६ उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका(१ निवासी मनसरा देवकोटाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उनको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तत्काल उद्धर गर्नु पर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निः शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ।
अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको प्रजिअ मल्लले जानकारी दिए ।