उदयपुरमा थप ११ जनामा कोरोना पुष्टि
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरू त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् ।

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार (सोमबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ महिला र पाँच पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा संक्रमितको संख्या तीन हजार ४६६ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरू त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा दुई महिला र चार पुरुष गरी ६ जना, कटारीमा दुई महिला र एक पुरुष गरी तीनजना र बेलकामा दुई जना महिलामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा एक हजार ५२८ जना महिला र एक हजार ७९९ जना पुरुष गरी जिल्लामा कुल तीन हजार ३२७ जना कोरोनामुक्त भएका छन् । जिल्लामा ४७ जना महिला र ४० जना पुरुष गरी ८७ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.