एमालेले महाधिवेशन खर्च पार्टी सदस्यबाट एक सय उठाउने

काठमाडौं । नेकपा एमालेले महाधिवेशन खर्च पार्टी सदस्यहरुबाट उठाउने भएको छ ।

बुधबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा एक सयका दरले संकलन गर्ने निर्णय गरेको हो । 

नेकपा एमालेको आगामी दशौँ महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ । एमाले प्रचार विभागका अनुसार पार्टी सदस्यहरुले सो रकम रकम अनलाइनमार्फत् पार्टीको खातामा जम्मा गर्नुपर्ने छ । 

उनका अनुसार आजका मितिसम्म देशभर एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ कराेड २० लाख रकम जम्मा हुने उनको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.