नेकपा (माओवादी केन्द्र) खोटाङमा सहइन्चार्ज बुढाथोकी, संयोजक किराती
नेकपा (माओवादी केन्द्र)ले खोटाङको सहइन्चार्जमा ध्रुव बुढाथोकी 'धीरेन' र संयोजकमा देवान किराती चाम्लिङलाई तोकेको हो ।

खोटाङ। नेकपा (माओवादी केन्द्र) खोटाङको सहइन्चार्ज र संयोजक तोकिएका छन् । नेकपा (माओवादी केन्द्र)ले खोटाङको सहइन्चार्जमा ध्रुव बुढाथोकी 'धीरेन' र संयोजकमा देवान किराती चाम्लिङलाई तोकेको हो ।

केही समयअघि समिता कार्की 'अस्मिता'लाई खोटाङको इन्चार्ज तोकेको नेकपा (माओवादी केन्द्र)ले सोमबार सहइन्चार्ज र संयोजक तोकेको हो । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ का १४ वटै जिल्लाका सहइन्चार्ज र संयोजक तोकेको जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.